संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
काठमाडौं, २५ भदौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । यस्तै, राष्ट्रिय सभाको बैठक पनि दिउँसो सवा १ बजे बस्ने कार्यक्रम छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष ९तेस्रो संशोधन० विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, अर्थमन्त्री डा वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, बैठकमा कानुन, नयाय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
यसैगरी, बैठकमा सभामुखले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०र८१ र २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
यस्तै, राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्