मेस्सीलाई साथ दिने खालको टिम नै भएन– प्रशिक्षक जर्ज साम्पाओली

काठमाडौं । रसियामा जारी विश्वकप २०१८मा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार ब्यहोरेपछि अर्जेन्टिनाको प्रशिक्षक जर्ज साम्पाओलीले अर्जेन्टिनी समर्थक समक्ष माफी माग्दै खेलाडीहरुका खराब प्रदर्शनको कारणले विश्वकपमा लज्जास्पद हार भएको स्वीकारेका छन् ।
त्यस्तै अर्जेन्टिनी टिममा लिओनल मेस्सीलाई सहि तरिकाले साथ दिने खेलाडीनै छैन प्रशिक्षकले भने । अर्जेन्टिनी टिमका कारण मेस्सीको क्षमतामाथि बादल लागेको छ । लिओ सिमित छन् किनकी टिम उनी अनुसार छैन ।’ प्रशिक्षक साम्पाओलीले भने, ‘

बिहीबार राति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो । समूह डीमा रहेको अर्जेन्टिना यो हारसँगै समूह चरणबाटै आउट हुने खतरा बढेको छ ।
आफूले फरक तरिकाले योजना बनाएको र, त्यसले विपक्षीमाथि दबाव बढ्छ भन्ने सोचेको भन्दै उनले भने, ‘पहिलो गोलपछि हामीले भावनात्मक रुपमा हार्यौ ।’ गोलकिपर विली क्याबलेरोको कारणले पहिलो गोल खाएको हो, तरपनि उनले क्याबलेरो दोषी देखाएनन् ।

 

प्रतिक्रिया दिनुहोस्