रसुवा बाढीका क्रममा ‘त्रिशूली ३ बी’ फसेकाहरुका आफन्त माइतीघरमा धर्ना सहित प्रदर्शन
काठमाडौं, २२ भदौ । रसुवा बाढीका क्रममा ‘त्रिशूली ३ बी’ मा हराएका आफन्तहरुको खोजीको माग गर्दै आफन्तहरु काठमाडौंको माइतीघरमा पदर्शन गरेका छन् ।
१३ दिनसम्म पनि सुरुङमा फसेका आफन्तहरुको खोजी नगरिदिएको गुनासो गर्दै उनीहरुले आज माइतीघरमा धर्ना सहित प्रदर्शन गरेका छन् ।
दुई साता पुग्न लाग्दा पनि सरकारले सुरुङमा फसेका आफन्तहरुको खोजीमा ध्यान नदिएको उनीहरुको गुनासो छ । ‘कति दिन घरमा बसेर कुर्ने ?’, ‘कति दिन घरमा बसेर रुने रु’ भन्दै उनीहरुले माइतीघरमै आएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
माइतीघर आएका आफन्तहरुले आफूहरुलाई घटनास्थल जान पनि रोकिएको बताएका छन् । उनीहरु प्लेकार्ड सहित धर्नामा बसेका छन् । राज्यले समयै ध्यान दिन आवश्यक छ । उनीहरुलाई आफन्त हराएको पीडा छ । आज आउला की भोली आउला की भन्दा भन्दै करिब २ साता हुँदा समेत आफन्तको अत्तोपत्तो नभएको उनीहरुको गुनासो छ । सरकारले पनि सुरुङ्ग भित्र खोज तथा तथा उद्धार कार्य जारी राखेको छ ।


प्रतिक्रिया दिनुहोस्