गरिमा विकास बैंकको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं, १९ भदौं । गरिमा विकास बैंकले कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
बैंकले यही भदौ १८ गते बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनी उक्त लाभांश प्रस्ताव गरेको बताएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ । यो सँगै गरिमा विकास बैंक धरै लाभांश वितरण गर्ने मध्ये एक बन्ने छ ।


प्रतिक्रिया दिनुहोस्