लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रूपैयाँ सहयोग

काठमाडौं, १९ भदौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना लागि ३ करोड २४ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले बाढिप्रभावितका लागि सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति हुनुका साथै घरपरिवार, जीविकोपार्जनका माध्यम तथा अत्यावश्यक पूर्वाधार समेत प्रभावित भएका छन् । तत्कालीन उद्धार तथा राहतका प्रयासहरू क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला विपद् बाट प्रभावित समुदायलाई दीर्घकालीन रूपमा साथ र सहयोग आवश्यक रहेकोले बैंकले सो सहयोग गरेको जनाएको छ ।

यस योगदानमार्फत लक्ष्मी सनराइज बैंकले प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनतर्फ फर्किन र पुनर्निर्माणका प्रयासलाई अघि बढाउन भइरहेका सामूहिक राहत तथा पुनःस्थापना अभियानमा आफ्नो तर्फबाट सहयोग पुर्‍याउने प्रयास गरेको जनाए ।

 

प्रतिक्रिया दिनुहोस्