साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड ६० लाख रुपैया सहयोग प्रदान

काठमाडौं, १८ भदौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख रुपैया सहयोग प्रदान गरेको छ ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप रु. ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी रु १० लाख गरि गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिइन्।

कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ । साथै, विपद्को यस घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्