ढीपहिरो राहत कोषमा एनभिडियाका सीईओ जेन्सेनद्वारा १ अर्ब ५० करोड रुपैयाँ सहयोग प्रदान

काठमाडौं, १९ भदौ. । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA)  का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग प्रदान गरेका छन्।

भदौ .१० गते आएको रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो। अर्थमन्त्री स्वर्णीम वाग्लेले जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले आफ्नो आधिकारिक भिडियो सन्देशमार्फत उक्त सहयोगको पुष्टि गर्दै हुआङलाई नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्। जेन्सेनको यो सहयोगले अरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने वाग्लेले सन्देशमा जनाएको छ ।

यो सहयोग हालसम्म बाढी–पहिरो राहतका लागि कुनै पनि बहुराष्ट्रिय कम्पनी वा व्यक्तिबाट प्राप्त सबैभन्दा ठूला सहयोगमध्ये एक मानिएको हो।

अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियो सन्देशमा ऐतिहासिक सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

प्राप्त रकम रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित जिल्लाहरूमा तत्काल राहत, विस्थापितको पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ। यसले नेपालको विपत्तिमा ठूलो राहत हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्