प्रधानमन्त्री ओलीलाई चीनमा गार्ड अफ् अनर

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ् अनर प्रदान गरिएको छ ।

भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ् पिपल््समा प्रधानमन्त्री ओलीलाई गार्ड अफ् अनर प्रदान गरिएको हो ।

कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सहभागी भएका थिए । त्यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि झाङसुसँग भेटवार्ता गरेका थिए ।

ग्रेट हल अफ् दि पिपुल्समा आज भएको भेटवार्तामा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसको अध्यक्षमा निर्वाचित हुनुभएकामा लिलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

अध्यक्ष लि ले नेपालको भूकम्प र त्यसले पारेको प्रभाव र पुनःनिर्माणमा भइरहेको प्रगतिका बारेमा प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको समेत सहभागिता थियो । – रासस

प्रतिक्रिया दिनुहोस्