कांग्रेसले बलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सभापति गगन थापाले भदौ २० गते शनिबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ। बैठकको एजेण्डाहरू २ वटा छन्।

पहिलो, रसुवा भोटेकोशी बाढी विपत् सम्बन्धमा र दोस्रो पार्टीको १५ औं महाधिवेशन सम्बन्धमा छ। कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने तयारी गरेको छ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने छुट्टै महाधिवेशन गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्