बाढी प्रभावितका लागि पञ्चकन्या समूहले गर्याे  रु. १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं, १७ भदौ । रसुवा भोटेकोसी-त्रिशूलीमा आएको बाढी प्रभावितका लागि पञ्चकन्या समूहले राहत तथा पुनर्निर्माणका लागि रु. १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

भदौ १० गते रसुवा भोटेकोसी त्रिशूलीमा आएको बाढी प्रभावितका लागि पञ्चकन्या समूहले उक्त आर्थिक सहयोग अर्थमन्त्री स्वर्णीम वाग्लेमार्फत हस्तान्तण गरेको हो।

बाढी तथा त्यसबाट सिर्जित प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त आर्थिक सहयोग गरेको हो ।

पञ्चकन्याले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति संवेदना व्यक्त गर्दै राष्ट्रिय राहत तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको हो।

पञ्चकन्या समूहका अनुसार पञ्चकन्या ग्रुपमार्फत १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ भने पञ्चकन्या फाउन्डेसनमार्फत आवश्यक पुनर्निर्माण सामग्री नेपाल सरकारलाई उपलब्ध गराउनेछ।

यस्तै समूहमा कार्यरत कर्मचारीहरूले १५ लाख रुपैयाँ सहयोग गरेका छन्। पञ्चकन्या समूह भदौ १५ गते स्थापना भएको ५५ वर्ष पुगेको छ।

हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै आएको समूहले यस पटक कुनै पनि कार्यक्रम आयोजना नगरेको जनाएको छ।

देशमा आएको विपद्का कारण प्रभावित नागरिकको पीडामा आफूहरू पनि गम्भीर संवेदनशील रहेको भन्दै राहत तथा पुनर्निर्माणमा सक्दो योगदान गर्नु आफ्नो जिम्मेवारी भएको समूहले जनाएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। १५ कोटिहवामा रहेको पञ्चकन्या स्टिल उद्योगमा बुधवार खुल्ला रक्तदान आयोजना गरिएको छ।

समूहका महाप्रबन्धक देवेन्द्र साहुले बाढी तथा अन्य कारणबाट रगत अभाव हुनसक्ने भन्दै उद्योग परिसरमा खुल्ला रक्तदान आयोजना गरिएकोले सबैलाई सहभागी हुन आग्रह पनि गरेको छ। यसले प्रभावितलाई राहत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्