सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत माओ मिङबीच भेटवार्ता 

काठमाडौं, १६ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ ।

भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतीबारे दुःख व्यक्त गरे ।

खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए ।

विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चिनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।
भेटमा सभापति लामिछानेले विपद्का समयमा चिनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

नेपालको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनमा चिनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हेने बताउदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्