नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीनवटा साइट सुचारु

काठमाडौं, १६ भदौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप तीनवटा साइट सुचारु गरेको छ । आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट सुचारु भएका छन् ।

कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी, बेल्टार आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।

भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी, रालुकादेवी तथा पुसनटार साइटबाट पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली, भुवानीवेशी आदि स्थानका सेवाग्राही लाभान्वित हुनेछन् ।

यससँगै अब प्रभावित १२० साइट मध्ये ११३ साइट सञ्चालनमा आएका छन् । यसबाट लगभग पहिले उपलब्ध सबै स्थानमा नेटवर्कको पहुँच पुगेको छ ।

अपग्रेड : नेपाल टेलिकमले प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालन भएका साइटहरुलाई समेत क्रमिक रुपमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्