सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. दुुई करोड पच्चीस लाख  सहयोग गर्ने

काठमाडौं, १४ भदौ । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. दुुई करोड पच्चीस लाख  सहयोग गर्ने निर्णय गरेको छ ।
भदौ १० गते बुधबार, भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्