ओलीको अहंकार अझै हटेन, रास्वपा सुन्नेबित्तिकै किन हुन्छ तनाब ?
काठमाडौं, भदौ १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि आफ्नो स्वभावमा परिवर्तन गरेका छैनन् ।
गत फाल्गुण २१ मा भएको प्रतिनिधिसभाको बैठकमा आफ्नो निर्वाचन क्षेत्र झापा –५ बाट लज्जास्पद ढंगले पराजित भएका उनी अझै पनि आफू र आफ्नो पार्टी ठूलो नै भएको तर्क गर्न पछि पर्दैनन् ।
उनलाई अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहले हराएका हुन् । शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हुन् । निर्वाचनपछि शाहको नेतृत्वमा सरकार बनेको छ । निर्वाचनमा रास्वपाबाट नै पराजित भएपछि ओलीलाई रास्वपा सुन्नेबित्तिकै ज्वरो आउन थालेको छ । आफू पटकपटक प्रधानमन्त्री भइसकेकाले फेरि पनि प्रधानमन्त्री बन्ने सोचेका ओलीको सपना चकनाचुर भएको छ ।
गत बुधबार रसुवामा आएको भोटेकाशी र त्रिशुलीको बाढीपछि प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा अरु दलका प्रमुख गए पनि ओली भनें गएनन् । उनी बिरामी भएर वा त्यस्तै अन्य कारणले नभई रास्वपासँगको रिसले नगएका हुन् । ओलीले महासचिव शंकर पोखरेललाई पठाएका थिए । देशलाई यस्तो संकट परेको बेला पनि थोरै भए पनि मानवीयता नदेखाएको भन्दै ओलीको आलोचना भएको छ ।


प्रतिक्रिया दिनुहोस्