रसुवा बाढीपीडितलाई चीन सरकारले ४ करोड सहयोग

१३ भदौ, काठमाडौं । रसुवा बाढीपीडितलाई चीन सरकारले करिब नेपाली ४ करोड नगद सहयोग गरिने भएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान र सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसँगै नेपाली सरकारलाई करिब नेपाली ४ करोड नगद सहयोग पठाउँदै छ ।

बिभिन्न राष्ट्रहरुले यस अघिनै नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भारतले राहत सामग्री पठाइसकेको छ । अन्य आवश्यक राहतका सामाग्री सहयोग गर्ने पनि बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्