बाढीपीडितलाई अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा ब्यवस्थापन
काठमाडौं, १३ भदौ। भदौ १० गते रसुवाको भोटेकोशी बाढीबाट उद्धार गरी ल्याइएका बाढीपीडितलाई अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा राखिएको छ ।
सुरक्षाकर्मीले उद्धार गरी ल्याएका दुई सय पचासलाई येला गुम्बामा राखिने व्यवस्था सरकारले मिलाइएको हो । नागार्जुन–२ स्थित गुम्बामा हाल करिब सय बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यबाहक प्रमुख सुशिला अधिकारीले जानकारी गराइन् गुम्बाको मेडिटेसन हलमा पीडितलाई राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्