राष्ट्रपति भण्डारीद्वारा अध्यक्ष प्रचण्ड परिवारलाई समवेदना व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उहाँका परिवारलाई भेटी समवेदना व्यक्त गर्नुभएको छ ।

पुत्र वियोगमा रहनुभएका अध्यक्ष ‘प्रचण्ड’ सहित उहाँका परिवारलाई समवेदना व्यक्त गर्न आज राष्ट्रपति भण्डारी लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुग्नु भएको राष्ट्रपतिका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहालको आइतवार विहान हृदयघातका कारण असामयिक निधन भएको थियो ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आज अध्यक्ष प्रचण्ड निवास लाजिम्पाट पुगी असामयिक निधन भएका प्रकाश दाहालप्रति भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा हार्दिक समवेदना व्यक्त गर्नुभएको प्रम देउवाका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

त्यस्तै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरु माधवकुमार नेपाल, भानुभक्त ढकाल, विष्णु रिमाल पनि लाजिम्पाट जानुभई अध्यक्ष प्रचण्ड सहित परिवारलाई भेट गरी समवेदना प्रकट गरेका थिए ।
एमाले अध्यक्ष ओलीले आइतबार विहान प्रकाश दाहालको असामयिक निधनको खबरले आफू भावविह्वल भएको र एमाले तथा आफू स्वयंका तर्फबाट सिंगो परिवारमा समवेदना व्यक्त गर्नुभएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा, अध्यक्ष ओलील लगायतले त्यहाँ रहेको स्वर्गीय प्रकाश दाहालको तस्वीरमा पुष्पगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्