नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश
काठमाडौं, १२ भदौ । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् ।
चीनको साङ्घाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् ।
पहिलो जजले ढाँटको पक्षमा २९(२८ अंक दिएका थिए । दोस्रो जजले कासिबको पक्षमा २९(२८ अंक दिए । तेस्रो जजले ढाँटकै पक्षमा २९(२८ अंक दिएपछि ढाँट विजयी भएका हुन् ।
ढाँटले अब र्यो ताजिमासँग फाइनलमा खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनल पुगेका थिए ।
फाइनल जितेमा उनी युएफसीका लागि छनोट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्