रसुवामा आएको बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्क विहीन

काठमाडौं, १० भदौ । बुधबार बिहान रसुवामा आएको बाढीको कारण ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन भएको नेपाल बैंकर्स संघले उल्लेख गरेको छ।

प्रभु, हिमालयन, ग्लोबल आइएमइ, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र माछापुच्छ्रे बैंकका कर्मचारी सम्पर्क बिहीन अवस्थामा रहेको संघले उल्लेख गरेको छ।

रसुवाको भोटेकोसी किनार नजिक रहेका टिमुरे, स्याफ्रुबेसी र बेत्रावती बजारमा रहेका यी बैंकका शाखाहरु बगाएको बुझिएको हो।

विस्तुत जानकारी भने अझै आउन बाँकी रहेको संघले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्