गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु
काठमाडौं, ७ भदौ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट आमा(छोरीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन् ।
सिम्लीबाट चौरजहारीतर्फ गइरहेको भे१ज १४८२ नम्बरको गाडीले आज बिहान उनीहरूलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्याइएको थियो । तर उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
आमा(छोरी क।प्र।०२००१ख १०७० नम्बरको गाडीमा मुसिकोट खलंगाबाट सुर्खेत जाँदै थिए । गाडीबाट झरेर छोरीलाई शौच गराउन लैजाने क्रममा अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक झबिन्द्र परियारले जानकारी दिए ।
ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका– ३ चौखेका २२ वर्षीय अम्मर विक प्रहरीको नियन्त्रणमा छन् ।
जिल्ला प्रहरी प्रवक्ता परियारका अनुसार मृतक स्वस्तिका पौडेल रुकुम पश्चिमको सदुरमुकाम मुसिकोट खलंगास्थित सनराइज बैंकमा कार्यरत श्रीमान घनश्याम ज्ञावलीलाई भेट्न छोरीसहित त्यहाँ पुगेकी थिइन्।
बिहान गुल्मीस्थित घर जानका लागि हिडेका आमा छोरी घर पुग्न नपाइ बाटोमै बितेका हुन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्