सांसद आशिका तामाङ्ग र मेयरहरुबीच भनाभन: फोहोर विसर्जन गर्न गएका गाडीलाई बञ्चरेडाँडाको स्थानीय रोक
काठमाडौं, ६ भदौं । काठमाडौं उपत्यकाबाट फोहोर विसर्जन गर्न गएका गाडीलाई बञ्चरेडाँडाका स्थानीयले रोक लगाएका छन् । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएको गाडीलाई स्थानीयले एक घण्टा रोकेका छन् । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापन नभएकाले गाउँभरी दुर्गन्ध फैलिए मानिसरहरु विरामी पर्ने, दिर्घ रोग लाग्ने पाइएपछि र विगतमा भएका सहमतीहरु कार्याव्यन नभएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
विगतको सहमति पनि कार्यान्वयन नभएकाले आन्दोलनमा उत्रन बाध्य भएको सिसडोल बन्चरे डाँडा फोहोर व्यवस्थापन सरोकार केन्द्रका अध्यक्ष निरञ्जन सन्जेलले बताए । ‘आज बिहान १ घण्टाको लागि बञ्चरेडाँडामा रोकेका हौं । १५ दिन भित्र माग सम्बोधन नभए फोहोर विसर्जन गर्न रोक लगाउँछौं’, उनले भने, ‘फोहोर र मान्छेसँगै बस्ने स्थिति छैन ।’
बञ्चरे डाँडाको फोहोरको लिच्चेड बगेर खोलामा मिसिएको छ । कुहिने र नकुहिने फोहोर नछुट्याउदा २० वर्षको लागि बनाएको ल्यान्डफिल साइटको लिच्चेडले ड्याम्प भरिएको छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण हुनुपर्यो । लिच्चेडको व्यवस्थापन गर्नुपर्यो’, उनले भने, ‘यहाँको स्थानीयको स्वास्थ्य र शिक्षाको विशेष व्यवस्था राज्यले गर्नुपर्यो । रोजगारको प्रबन्ध हुनुपर्यो ।’
१५ दिनभित्र यी माग पूरा नभए फोहोर विसर्जनमा रोक लगाउने चेतावनी स्थानीयले दिएका छन् । काठमाडौं उपत्यकासहित २१ वटा पालिकाको फोहोर सिसडोल(बञ्चरेडाँडामा विसर्जनका लागि लैजाने गरिएको छ ।
२० वर्षका लागि बनाइएको ल्यान्डफिल साइटमा फोहोरको चुली बनेको छ । फोहोरले बञ्चरेडाँडा पनि सिसडोल झैं डम्पिङ साइट भएको छ ।
धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना बञ्चरेडाँडामा विगत ४ वर्षदेखि फोहोर फाल्न थालिएको हो । यसअघि १७ वर्षसम्म सिसडोलमा फोहोर फालिएको थियो ।
फोहोरका कारण गाउँभर क्यान्सर, मुटु, मिर्गौला जस्ता प्राणघातक रोगी भेटिन्छन्। यो रिोगले स्थानीय बासीको ज्यान जोखिममा परेको छ । झाडापखाला, टाइफाइड, श्वासप्रश्वास, छालालगायतका बिरामी घरैपिच्छे छन् । अनाज उत्पादनमा ह्रास र पशुपंक्षी पालनमा असर परेको स्थानीयको गुनासो छ । यसले गर्दा स्थानीइ हैरानी व्योहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्