आज एकैदिन सुन तोलाको नौ हजार ३०० रुपैयाँ बढ्यो, चाँदीको कति बढ्यो ?

को काठमाडौं, ४ भदौ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । आज एकैदिन दिन सुन तोलाको नौ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला २६० रुपैयाँले बढेको छ । यसले बजारलाई निकै प्रभाव परोको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला तीन लाख ४ हजार १०० रुपैयाँमा भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो। नजतीजलाई सुन खरिदकर्तालाइृ समस्या परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्