प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम हुने
काठमााडौं, १ भदौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्।
प्रश्न सोध्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १५ जना सांसदहरूले प्रश्न सोध्न पाउँछन्।
सभामा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक एक जना र बाँकी ८ जना सांसद भने दलको हैसियत अनुसार छानिने छन्। अर्थात् प्रश्नोत्तरमा सत्तारूढ रास्वपाका धेरै सांसदले भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्