लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदै
काठमाडौं, १ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने भएका छन्। सत्ता साझेदार नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेसले नेकपा एमालेसंगको सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७ वटै प्रदेशमा सत्ता गठबन्धन गर्ने तीन बुंदे सहमति गरेका थिए । त्यसपछि नेपाली कांग्रेसले प्रदेश सरकारका मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो।
८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा गत फागुनको निर्वाचनमा उम्मेदवार बन्न ४ जनाले राजीनामा दिएपछि अहिले ८३ जना मात्रै सांसद छन् ।
हाल कायम रहेको सदस्य संख्याको आधारमा प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्।
सरकारलाई बहुमत जुटाउन ओली र प्रचण्डले एक जना प्रदेश सभा सदस्य रहेको राष्ट्रिय जनमोर्चा ९नेपाल कम्युनिस्ट पार्टी मसाल०सँग सहमति गरेको थियो। अहिलेको सरकारमा लोसपा र जसपा नेपालबाट समेत एक(एक जना मन्त्री सहभागी भएकाले यी दलको समेत समर्थन भएमा सरकारलाई सुविधाजनक बहुमत पुग्ने देखिन्छ ।
एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र हालका मुख्यमन्त्री आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने समझदारी भइसकेको छ। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुङ्ग्याउने तयारी छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वाहेक ८ वटा मन्त्रालय कायम भएपछि सत्ता सोझेदार दलहरुबीच मन्त्रालय बांडफाटमा चुनौति देखिन्छ । नयाँ सत्ता समीकरणअनुसार नेकपालाई कुन कुन मन्त्रालय दिने सहमति जुट्न बाँकी रहेको नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्र जित थारूले बताए ।
हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र जनता समाजवादी पार्टी नेपालका एक र लोसपाका एक जना मन्त्री सरकारमा छन् ।

प्रतिक्रिया दिनुहोस्