भेला समापनमा किन उपस्थित भएनन् पूर्णबहादुर खड्का ?
काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसको इतर समूह ३ दिने राष्ट्रिय भेला आज सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सम्पन्न भएको छ।
नेतृत्व तहमा देखिएको अनुपस्थिति र वैचारिक मतभेदले समापन सत्र केही विवादित बनेको छ।
भेलाको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का उपस्थित भएनन् । निवर्तमान सभापति देउवा स्वास्थ्योपचारका लागि विदेशमा रहेका बेला पार्टीको नेतृत्व सम्हालेका खड्का साउन २९ गते भेलाको उद्घाटन सत्रमा भने सहभागी थिए ।
समापनमा उनी नजानु अर्थपूर्ण रहेको नेताहरूले बताएका छन् । खड्काको सचिवालयले खड्का समापन समारोहमा नगएको रातोपाटीलाई बतायो ।
समापन सत्रमा भेलाका निर्णयहरू सुनाउने क्रममा पूर्व उपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा। प्रकाशशरण महतबिच सार्वजनिक रूपमै विवाद देखियो । राजनीतिक प्रस्ताव समेत लेखेका निधिले निर्णयको मस्यौदामा प्रयोग गरिएको ‘धर्म’ सम्बन्धी शब्दमा असन्तुष्टि जनाएका हुन् ।
डा. महतले निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखेका थिए । तर, निधिले उक्त शब्दावलीमा असहमति जनाउँदै त्यसलाई परिमार्जन गरेर सिधै ‘धार्मिक स्वतन्त्रता’ मात्र राख्नुपर्ने अडान लिए । विवाद बढ्दै जाँदा मञ्चमै दुई नेताबिच निर्णय लेखिएको कागज खोसाखोस भएको दृश्य देखिएको थियो।
दुई नेताबिच विवाद बढेपछि निवर्तमान सभापति देउवाले हस्तक्षेप गरेर डा। महतले नै तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा नै वाचन गरिएको थियो। समापनको बोला विवादले संस्थानपनको भलालाई नमिठो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्