भदौ महिनाको वाणिज्य बैंकहरूको औसत ब्याजदर सार्वजनिक, कुनको कति ?
काठमाडौं, ३१ साउन । भदौ महिनाको लागि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर सूची सार्वजनिक गरेका छन् । भदौ महिनामा पनि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ ।
बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजको औसत दर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीसँगै कर्जाको ब्याज पनि घट्न जान्छ ।
साउनको तुलनामा भदौमा ५ वाणिज्य बैंकले ब्याजदर केही घटाएका छन् भने १५ ले स्थिर राखेका छन् । साउनको तुलनामा भदौमा ब्याजदर घटाएका बैंकमा नेपाल, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड, कुमारी र सिद्धार्थ बैंक छन् । अरु १५ बैंकले स्थिर राखेका छन् ।
यो सूचना अनुसार पहिले नै लामो अवधिको मुद्दती खाता खोलेकाहरूले भने त्यतिबेलाको शर्तअनुसार सोही ब्याजदर पाउँछन् । भदौमा खुल्ने नयाँ मुद्दती खाता तथा यो महिनामा अवधि समाप्तपछि नवीकरण हुने मुद्दतीका हकमा मात्रै नयाँ ब्याजदर कायम हुने छ ।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा साउनको तुलनामा भदौमा ०.०३१५ प्रतिशत बिन्दु घटेको छ । साउनमा अधिकतम मुद्दती ब्याजदर औसत ४.१६७५ रहेकोमा भदौमा यो ४.१३६० प्रतिशतमा कायम भएको छ ।
केही बैंकले ब्याजदर सामान्य घटाउँदा औसत दर घटेको हो । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ४.५५ प्रतिशतभन्दा तल झरेको छ । भदौमा व्यक्तिगत मुद्दतीमा नबिल र प्रभुको ब्याजदर अरुको भन्दा केही बढी देखिन्छ ।
तर दुबैले दिने ४.५५ प्रतिशत ब्याजदर १० वर्षभन्दा बढी अवधिको लागि मात्रै हो । तसर्थ लामो अवधिका लागि केही बढी र छोटो अवधिका लागि कम ब्याजदर बैंकले दिने गरेका छन् ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।
राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ ।
तर दुबैले दिने ४.५५ प्रतिशत ब्याजदर १० वर्षभन्दा बढी अवधिको लागि मात्रै हो । तसर्थ लामो अवधिका लागि केही बढी र छोटो अवधिका लागि कम ब्याजदर बैंकले दिने गरेका छन् ।
बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह हुन नसक्दा ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।
बैंकहरूले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर (प्रतिशत)
| बैंक | साउनको ब्याजदर | भदौको ब्याजदर |
| कृषि विकास | ४.१५ | ४.१५ |
| सिटिजन्स | ३.९५ | ३.८५ |
| एभरेस्ट | ४.०५ | ४.०५ |
| ग्लोबल आईएमई | ४.०० | ४.०० |
| हिमालयन | ४.०० | ४.०० |
| इन्भेस्टमेन्ट मेगा | ४.५० | ४.५० |
| कुमारी | ३.८५ | ३.७६ |
| लक्ष्मी सनराइज | ४.०० | ४.०० |
| माछापुच्छ्रे | ४.५० | ४.५० |
| नबिल | ४.५५ | ४.५५ |
| नेपाल | ४.२५ | ४.१५ |
| नेपाल एसबीआई | ४.१० | ४.१० |
| एनआईसी एसिया | ४.०० | ४.०० |
| एनएमबी | ४.५० | ४.५० |
| प्राइम कमर्सियल | ४.०० | ४.०० |
| प्रभु | ४.५५ | ४.५५ |
| राष्ट्रिय वाणिज्य | ४.०० | ४.०० |
| सानिमा | ४.५० | ४.५० |
| सिद्धार्थ | ४.०५ | ३.७६ |
| स्ट्यान्डर्ड चार्टर्ड | ३.८५ | ३.८० |

प्रतिक्रिया दिनुहोस्