पाकिस्तानको ब्रोड पिकमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याईयो

काठमडौं, २६ साउन । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ ।

हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइपुर्‍याइएको हो। किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो । उनीहरूको शव नक्सालस्थित नेपाल पर्वतारोहण सङ्घको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

साउन १४ मा हिमपहिरोमा परेर उनीहरू तीन जनासहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’, नवाङ थिन्डु शेर्पा गरेर ६ नेपाली र अन्य ४ जनाको निधन भएको थियो ।

युक्ताको शव साउन २१ मा नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ । निर्मलको परिवार बेलायतमा रहेकाले उनको लन्डनमा अन्त्येष्टि हुनेछ । नवाङको शव भने भौगोलिक कठिनाइका कारण सङ्कलन हुन सकेको छैन । ्

प्रतिक्रिया दिनुहोस्