कांग्रेसको इतर समूहद्वारा राष्ट्रिय भेलाको आह्वान, साउन २९ देखि ३१ सम्म काठमाडौंमा हुने
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
आयोजक समितिका संयोजक डा। शशांक कोइरालाले प्रदेश, जिल्ला, महानगर, नगरपालिका र गाउँपालिका तहका सभापतिहरूसहित महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी, पूर्वमन्त्री तथा सांसदहरूलाई भेलामा सहभागी हुन परिपत्र गरेका छन्। सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले बोलाएको यो भेलामा देउवाले पनि सम्बोधन गर्नेछन्।
भेलामा मुलुकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र पार्टीभित्रको आन्तरिक विवादबारे छलफल हुने जनाइएको छ।












प्रतिक्रिया दिनुहोस्