डाक्टर देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो

काठमाडौं । दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

सोमबार साँझ निधन भएका डाक्टर देवकोटाको पार्थिव शरीरमा पत्नी डाक्टर मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएपछि अन्त्येष्टि गरिएको हो । डा.देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको हो । अन्त्येष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम बिदाई गरेको थियो ।

देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो । डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाँसबारीको न्युरो अस्पताल राखिएको थियो ।

डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डा। बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।
देवकोटा निवास हेपाली हाइटमा पत्नी डाक्टर मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकिरिया गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्