हिन्दु साम्राट सेनालाई रोक लगाउन अध्यक्ष हर्क साम्पाङको चेतावनी
काठमाडौं, २२ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हिन्दु साम्राट सेनालाई रोक लगाउन माग गरेका छन् । आज संसद बैठकमा बोल्दै उनले सेना भनेर खोलिने कुनै पनि संघ–संगठनलाई निषेध गर्नुपर्ने धारणा राखे ।
सुनसरी घटनापछि चर्चामा आएको हिन्दु सम्राट सेना नेपाली सेनाको समानान्तर हो कि भन्दै साम्पाङले कटाक्ष गरेका थिए ।
उनले भने, ‘हिन्दु सम्राट सेना–यो कस्तो सेना हो रु नेपाली सेनाको समानान्तर हो कि कस्तो हो रु यो सेनाका बारेमा सरकारले खोज गरोस । सेना नामका समूह जे जति छन् सबैलाई निषेध गरोस । अन्यथा अरु को कसले सेना बनाउन पाउने हो रु अरुलाई पनि सुविधा दिने हो कि रु होइन भने यो अनुमति कसैलाई हुँदैन ।’












प्रतिक्रिया दिनुहोस्