क्लासिक टेकमा आकर्षक तलवसहित रोजगारको अवसर
काठमाडौं, २२ साउन । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकमा रोजगारको अवसर खुलेको छ ।
क्लासिक टेक ले आकर्षक तलव तथा सुविधासहित १०० भन्दा बढी विभिन्न पदमा नेपालभर १०० भन्दा बढी कर्मचारी माग गरेको छ । कम्पनीले सेवा विस्तार तथा ग्राहक सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले फाइबर इन्जिनियर, फाइबर लिडर तथा फिल्ड सपोर्ट लगायतका पदमा योग्य, ऊर्जाशील र जिम्मेवार उम्मेदवारबाट आवेदन आह्वान गरेको हो।
कर्मचारीले पाउनु सुविधाहरूः
कर्मचारीले पाउनु सुविधाहरू:
- मासिक तलब रु. ३०,००० सम्म
- ओभरटाइम सुविधा (थप आम्दानीको अवसर)
- CUG सिम कार्ड
- पर्फर्मेन्स अनुसार करिअर ग्रोथ
- तालिम तथा सिकाइको अवसर
- नेपालभर कार्य गर्ने अवसर
कार्यस्थान: नेपालभरका विभिन्न शाखाहरू
आवेदन दिने तरिका:
आफ्नो CV [email protected] मा पठाउन वा क्लासिक टेकको आधिकारिक वेबसाइट वा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ।इच्छुक उम्मेदवारलाई समयमै आवेदन दिन क्लासिक टेकको आग्रह छ।












प्रतिक्रिया दिनुहोस्