ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल आइपुग्यो, परिवारजनको रुवाबासी
काठमाडौं, २१ साउन । पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव स्वदेश ल्याइएको छ। ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जासहित नेपाली ६ पर्वतारोहीसहित १० जनाले ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको मात्रै शव नेपाल ल्याइपुर्याइएको हो ।
दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८००० मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् ।
उनको शवमाथि परिवार र आफन्तले फूलरमाला तथा खादा चढाएर श्रद्धाञ्जली दिएका छन् ।
नेपाल पर्वतारोहण संघले उनको शव श्रद्धाञ्जलीका लागि राखेको छ । श्रद्धाञ्जलीको क्रममा उनको शवमाथि राष्ट्रिय झन्डा ओढाइएको छ ।
हिमपहिरोमा परेका आरोहीहरूमध्ये चार जनाको शव शुक्रबार फेला परेको थियो भने बाँकी छ जना बेपत्ता रहेका थिए। शनिबार ‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ ले सामाजिक सञ्जालमार्फत सबै १० जना आरोहीको मृत्यु भएको पुष्टि गरेका थिए।
सो घटनामा विदेशी आरोहीहरूमा सोहेल शाखी ९पाकिस्तान०, वाङ झोङ ९चीन०, नादिरा अहमद ९ओमान० र म्यालोरी गेइस ९अमेरिका० रहेका छन्।
सन् २०१९ मा निर्मल पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। उनी पर्वतारोहण क्षेत्रमा साहस, नेतृत्व र कीर्तिमानका लागि विश्वभर परिचित थिए।












प्रतिक्रिया दिनुहोस्