नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
काठमाडौं, २१ साउन । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सिए नागेन्द्र साह नियुक्त भएका छन्।
लामो समयदेखि रिक्त रहेको निगमको कार्यकारी निर्देशकमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई नियुक्त गरेको हो।
उनी यसअघि आयल निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन्। उनले लामो समय निगमको विभिन्न पदीय दायित्वममा रहेका काम गरेको अनुभव छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कौशल केसी र सञ्जीवकुमार देवको नाम सिफारिस गरेको थियो। तर मन्पिरिषद्ले शाहलाई नियुक्त गरेको गर्याे । उनको कार्यकालमा निगम र उपभोक्तालाई सहज रुपमा पेट्रोलियम पदार्थ आपूर्ती हुने विश्वास छ ।












प्रतिक्रिया दिनुहोस्