गरिमा विकास बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा वृद्धि
काठमाडौं, २१ साउन । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा वृद्धि देखिएको छ। यसले गर्दा बैंकलाई बजारमा अब्बल बनाएको छ ।
अघिल्लो आर्थिक वर्षको चैत मसान्तसम्ममामा बैंकको खुद नाफा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५।३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। बैंकले गत असार मसान्तसम्म ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ६१ करोड २० लाख रुपैयाँको तुलनामा ५।६४ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४२।६५ प्रतिशत बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ।
असुलीमा आएको सुधार तथा जोखिम व्यवस्थापनका कारण गत आर्थिक वर्ष बैंकले ४ करोड ९० लाख रुपैयाँबराबरको इम्पेरमेन्ट चार्ज छुट्याएको छ जुन अघिल्लो आर्थिक वर्ष ६४ करो ७० लाख रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसाबाट बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ।
बैंकले साधारण शेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने सबल क्षमता बनाएको छ। नियमनकारी समायोजनहरूपश्चात् गत आर्थिक वर्षमा बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफाबाट बोनस शेयर तथा नगद लाभांश समायोजन गरेपछि असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ। साधारण शेयरधनीहरूका आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा कायम भएको छ।
बैंकको चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ।सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
बैंकले ग्राहकहरूबाट ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकार अघिल्लो वर्षको १ खर्ब ४ अर्ब ४६ करोड रुपैयाँबाट ८.२१ प्रतिशत बढेर १ अर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।












प्रतिक्रिया दिनुहोस्