राजासहितको प्रजातन्त्रका लागि हस्ताक्षर महाअभियान सञ्चालन गर्न गृहमा निवेदन

काठमाडौं, २० साउन । देशमा राजा सहितको प्रजातन्त्रका आबश्यक छ भन्ने बसह र छलफल चलिरहेका बेला राजासहितको प्रजातन्त्र लागि जनताको हस्ताक्षर महाअभियानू सञ्चालन गर्नका लागि गृह मन्त्रालयमा औपचारिक निवेदन दर्ता गरिएको छ। ​

अभियानका संयोजक मनोज सापकोटाद्वारा हस्ताक्षर गरिएको निवेदनमा देशका विभिन्न स्थानमा पूर्ण रूपमा शान्तिपूर्ण तवरले हस्ताक्षर कार्यक्रम सम्पन्न गर्न अनुमति तथा सुरक्षा व्यवस्था मिलाइदिन आग्रह समेत गरिएको छ।

साथै, यस कार्यका लागि देशका सबै जिल्ला प्रशासन कार्यालयहरूमा आवश्यक जानकारी तथा सिफारिस गरिपाउन पनि अनुरोध गरिएको छ। ​यस महाअभियान अन्तर्गत सम्पूर्ण राष्ट्रवादीहरूलाई हस्ताक्षर संकलन गरि मत संकलन गर्ने आग्रह गरिएको छ ।

अभियानका संयोजक सापकोटा भने, ‘लाखौं हस्ताक्षर संकलन गर्ने अभियान तीव्र पारिएको छ । अभियमा ७७ वटै जिल्ला चल्छ । सबै जिल्ला प्रशासन कार्यलयहरुमा निवेदन दर्ता गरिसकिएको छ । जिल्ला प्रशासनले अनुमती र सहजीकरण गरेपश्चात यो अभियान तिब्र रुपमा अघिबढ्ने छ ।’

प्रतिक्रिया दिनुहोस्