अर्थमन्त्री डा.वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्नुहुँदै
काठमाडौं, १९ साउन । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँग छलफल गर्दै हुनुहुन्छ ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उहाँले सिइओहरुलाई छलफलमा बोलाउनु भएको हो।
दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनुहुनेछन्।
यसले वर्तमान अर्थतन्त्र र बैकहरुले खेल्नुपर्ने रणनीतिका बारेमा टलफल हुने छ । यसले बजारलाई सहज बनाउने विश्वास छ ।












प्रतिक्रिया दिनुहोस्