राष्ट्रियसभाको बैठक आज बस्दै, चारवटा संसदीय समितिको बैठक पनि बस्दै
काठमाडौं, १८ साउन । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः१५ बस्न लागेको हो ।
आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१ः८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने उल्लेख छ ।
यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्नेछन् ।
यस्तै, आजै चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ ।
अपराह्न २ बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ । उक्त समितिको बैठक बिहान ११ बजे बस्दैछ ।
बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ ।












प्रतिक्रिया दिनुहोस्