लघुवित्त तथा वित्तीय शोषणविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

ठमाडौं, १७ असार । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

‘सम्पूर्ण किसान मजदुर एक होऔं, वित्तीय शोषणविरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ का साथ आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

लघुवित्त संस्थाहरूबाट पीडित बनेका सर्वसाधारणले आफ्नो हकहित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष गर्दै आएका छन् । सरकारसँग पटक पटक भएको वार्ताले पनि निकास आएको छैन । यस समास्या समाधानको लागि सबैपक्षबीच सहमतीको आवश्यकता छ ।

 

प्रतिक्रिया दिनुहोस्