मधेशको अवस्थालाई ध्यानमा राख्दै लोक सेवा आयोगद्वारा परीक्षाको मिति र समय संशोधन
काठमाडौं, १५ साउन। लोक सेवा आयोगले मधेश प्रदेशका केही जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न परीक्षाको मिति र समय संशोधन गरेको छ।
आयोगले शुक्रबार सूचना जारी गर्दै परीक्षार्थीको आवतजावतमा हुन सक्ने असुविधालाई मध्यनजर गर्दै साउन १६ गतेदेखि २१ गतेसम्म आयोगअन्तर्गतका कार्यालयबाट सञ्चालन हुने परीक्षाको तालिका परिवर्तन गरिएको जनाएको हो।
संशोधित तालिकाअनुसार साउन १६ गतेदेखि सञ्चालन हुने तय भएका परीक्षा अब साउन २३ गतेदेखि सञ्चालन हुनेछन्।
आयोगले परीक्षार्थीलाई संशोधित परीक्षा तालिका तथा समयसम्बन्धी विस्तृत जानकारी आयोगले जारी गरेको आधिकारिक सूचनाबाट हेर्न अनुरोध गरेको छ।
मधेशका केही जिल्लामा विकसित सुरक्षा अवस्थाका कारण परीक्षार्थीलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले परीक्षा तालिका संशोधन गरिएको आयोगले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्