सिटिजन लाइफका अभिकर्ताले ९३६ करोड रुपैयाँको व्यवसाय विस्तारमा योगदान

काठमाडौं, १५ साउन। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरूले आर्थिक वर्ष २०८२/०८३ मा जीवन बीमा व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

कम्पनीका अनुसार अभिकर्ताहरूको निरन्तर मेहनत र समर्पणका कारण लाखौँ नागरिकलाई जीवन बीमाको दायरामा ल्याउन तथा जीवन रक्षावरण प्रदान गर्न सफलता प्राप्त भएको हो।

कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा ९३६ करोड रुपैयाँ बराबरको सकारात्मक व्यावसायिक प्रगति हासिल गर्न योगदान पुर्‍याउने सिटिजन लिडर, कर्मचारी तथा सम्पूर्ण अभिकर्ताप्रति धन्यवाद व्यक्त गरेको छ।

उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडर सम्मानित

कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई विभिन्न विधामा छनोट गरेको छ।

टिम बिजनेसतर्फ बानेश्वर शाखाका भेषराज भट्टराई उत्कृष्ट घोषित भएका छन्। यस्तै, प्रिमियम व्यवसायतर्फ अर्घाखाँची शाखाका नितेश श्रेष्ठ, बीमालेख सङ्ख्यातर्फ म्याग्दी शाखाकी गीता पौडेल र रिक्रुटमेन्टतर्फ सुखड शाखाका दिलबहादुर धामी उत्कृष्ट घोषित भएका छन्।

लिडिङ सिटिजन लिडर्सतर्फ उत्कृष्ट

लिडिङ सिटिजन लिडर्स (एजेन्सी म्यानेजर) तर्फ अत्तरिया शाखाका राजेन्द्रप्रसाद पन्त, मैतीदेवी शाखाका तुकबहादुर राना, अर्घाखाँची शाखाकी निशा श्रेष्ठ, अर्घाखाँची शाखाका नितेश श्रेष्ठ उत्कृष्ट घोषित भएका छन्।

त्यस्तै, बिर्तामोड शाखाका ईश्वरीप्रसाद बराल, महाराजगञ्ज शाखाकी गीता रायमाझी, बालाजु शाखाका नरेन्द्र पुन, स्वयम्भू शाखाका सुरेशबाबु शर्मा कट्टेल र चाबहिल शाखाकी सुजना लामा पनि उत्कृष्टको सूचीमा परेका छन्।

लिडिङ सिटिजन लिडर्सतर्फ नौ जना उत्कृष्ट

लिडिङ सिटिजन लिडर्सतर्फ सातुङ्गल शाखाका माधवसिंह साउद, बुटवल शाखाकी सरिता ज्ञवाली, स्वयम्भू शाखाकी दीपा चापागाईं, स्वयम्भू शाखाका रोनिज कोजू उत्कृष्ट घोषित भएका छन्।

त्यस्तै, गट्ठाघर शाखाकी अनु बस्नेत, कावासोती शाखाका अनुप पौडेल, बालाजु शाखाकी जमुना कडेल माझी, म्याग्दी शाखाकी गीता पौडेल र जीतपुर शाखाकी बिन्दु अधिकारी पनि उत्कृष्ट घोषित भएका छन्।

कम्पनीले अभिकर्ताहरूको सक्रियता र व्यावसायिक प्रतिबद्धताले सिटिजन लाइफलाई जीवन बीमा क्षेत्रमा थप मजबुत बनाउन सहयोग पुगेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्