सन् २०२५ मा हिमाल आरोहणका क्रममा १५ आरोहीको मृत्यु, ४ जना बेपत्ता
काठमाडौं, १५ साउन। सन् २०२५ को हिमाल आरोहण सिजनमा विभिन्न हिमाल आरोहणका क्रममा १५ जना आरोहीको मृत्यु भएको छ।
पर्यटन विभागले सार्वजनिक गरेको ‘नेपालमा पर्वतारोहण : तथ्य र तथ्यांक २०२६’ प्रतिवेदनअनुसार सन् २०२५ मा हिमाल आरोहणका क्रममा १५ जना आरोहीले ज्यान गुमाएका हुन् भने ४ जना आरोही अझै बेपत्ता छन्।
मृत्यु हुने आरोहीहरूमा अस्ट्रिया, रुस, फ्रान्स, रोमानिया, भारत, इटाली, फिलिपिन्सका नागरिक तथा नेपालका अनुभवी शेर्पा आरोहीहरू रहेका छन्।
प्रतिवेदनअनुसार अधिकांश आरोहण दुर्घटना खराब मौसम, हिमाली क्षेत्रको प्रतिकूल अवस्था तथा उच्च उचाइका कारण उत्पन्न स्वास्थ्य समस्याका कारण भएका हुन्।
यसैबीच अन्नपूर्ण प्रथम र डोल्मा खाङमा बेपत्ता भएका आरोहीहरूको खोजी तथा उद्धार प्रयास जारी रहे पनि हालसम्म सफलता प्राप्त हुन सकेको छैन।
हिमाली क्षेत्रमा मौसमको अनिश्चितता, कठिन भौगोलिक अवस्था र उच्च जोखिमका कारण प्रत्येक वर्ष आरोहीहरूले चुनौती सामना गर्दै आएका छन्।












प्रतिक्रिया दिनुहोस्