कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण
काठमाडौं, १५ साउन। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबापत लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
बैंकका अनुसार श्रीमती बना देवी बोहराका श्रीमान्को दुर्घटनाजन्य निधनपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी उक्त रकम हस्तान्तरण गरिएको हो।
बैंकले हस्तान्तरण गरिएको बीमा रकमले शोकसन्तप्त परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा र परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनामार्फत बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
परिवार सुरक्षा बचत खाताअन्तर्गत उपलब्ध बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत प्रदान गर्नुका साथै भविष्यको आर्थिक सुरक्षामा सहयोग पुर्याउने बैंकको भनाइ छ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।
यस्ता सुविधाले आर्थिक समावेशीकरणलाई थप बलियो बनाउनुका साथै ग्राहक र उनीहरूका परिवारलाई आवश्यक समयमा आर्थिक सहयोग उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ।












प्रतिक्रिया दिनुहोस्