जापानले पहिलो खेल नजित्ने जापानी सुगाको भविश्यवाणी

रसियामा जारी विश्वकप फुटबलमा समूह ‘एच’ को खेल एसियाली राष्ट्र जापान र कोलम्बिया बिच आज बेलुका पौने ६ बजे हुदैछ ।

यसमा आजको खेलमा जापान कोलम्बियासंग पराजित हुने सुगाले भविश्यवाणीमा गरेको छ । सुगाले गरेको यो खेलको भविश्यवाणी सही हुने दाबी समेत गरिएको छ ।

जापानी मिडियाहरुले राजधानी टोकियोको उत्तर टोचिगीमा बस्ने यो सुगा (ओलिविया) ले गरेको भविश्यवाणी मिल्ने र आजको पहिलो खेल कोलम्बियाले जित्ने बताएका छन् ।
यो चराले पछिल्लो केही समयदेखि भविष्यवाणी गर्दै आएको छ । यो चरालाई पालन पोषण तथा रेखदेख गर्ने नोजोमी ओइकावाले आजको खेलमा सुगाले गरेको भविष्यबाणि गलत होस् भनेर कामना पनि गरेका छन् । यो सुगाले पहिलो खेल बराबरी हुने संकेत देखायो र अन्त्यमा कोलम्बियाको झन्डा उठाएको थियो, जापानी मिडिया साङ्केई न्यूजले जनाएको छ ।

यसअघि पनि सन् २०१५ को महिला विश्वकप खेलका ७ मध्ये ६ खेलको भविष्यवाणी सही गरेको थियो । त्यस्तै चराले रियो ओलम्पिक २०१६ को पाँच खेलको पनि सही भविष्यवाणी गरेको थियो । विश्वकप फुटबलअन्तर्गत समूह ‘एच’ को खेलमा आज कोलम्बियाले जापानसँगमोर्दोभिया एरिनामा नेपाली समयअनुसार बेलुकी पौने ६ बजे खेल्दैछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्