डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त, आजै पदभार ग्रहण

काठमाडौं, १४ साउन । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। नवनियुक्त अध्यक्ष प्याकुरेलले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मन्त्रालयका अनुसार शपथ ग्रहणसँगै डा. प्याकुरेलले आजैबाट अध्यक्षको रूपमा पदभार ग्रहण गर्नेछन्।

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाहमा सुधार तथा संस्थागत व्यवस्थापनलाई थप सुदृढ बनाउने जिम्मेवारी अब नवनियुक्त अध्यक्ष प्याकुरेलको काँधमा रहनेछ।

प्रतिक्रिया दिनुहोस्