कुमारी बैंकले २ लाख ५८ हजारभन्दा बढी संस्थापक शेयर बिक्री गर्ने
काठमाडौं, १४ साउन । कुमारी बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ।
बैंकका अनुसार नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खरिदका लागि आवेदन दिन सक्नेछन्।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
बिक्री हुने शेयरको मूल्य भने बिक्रेताले निर्धारण गरेबमोजिम हुने बैंकले जानकारी दिएको छ।
बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेमा वा सम्पूर्ण शेयर खरिद नभएमा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार अन्य प्रक्रिया अघि बढाइने जनाएको छ।













प्रतिक्रिया दिनुहोस्