लामो समय अविरल पहिरोका कारण विभिन्न राजमार्ग अवरूद्ध
काठमाडौं, १४ साउन । लामो समय अविरल वर्षापछिको पहिरोका कारण विभिन्न राजमार्ग अवरूद्ध छन्।
नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ७ बजेसम्म ५ वटा मुख्य राजमार्ग ७ ठाउँमा अवरूद्ध छ।
ललितपुरको बागमती गाउँपालिका-३ पाङ्दुरमा पहिरोका कारण कान्ति लोकपथ पूर्ण अवरूद्ध छ।
यही लोकपथको हेटौंडा(ठिंगन(बागमती(ललितपुर खण्ड असार २९ गतेदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द रहँदै आएको छ।
सम्भावित पहिरोका कारण उक्त खण्डमा रातको समयमा गाडी चलाउन रोक लगाइएको हो।
भोजपुर नगरपालिका-१ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग अवरूद्ध छ। यो सडक अहिले एकतर्फी सञ्चालनमा रहेको र वैकल्पिक बाटो समेत सञ्चालनमा छ।
मेची राजमार्ग इलाममा पूर्ण अवरूद्ध छ। अविरल वर्षाका कारण इलाम नगरपालिका-९ राजदुवालीमा झापा-ताप्लेजुङ सडक वैशाख २३ गतेदेखि पूर्ण अवरूद्ध छ। त्यहाँ वैकल्पिक बाटो सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
काभ्रेमा विपी राजमार्ग अन्तर्गत खुर्कोट(नेपालथोक(कटुन्जेबेसी चल्ने सम्पूर्ण सवारी साधनहरू जेठ २२ गतेदेखि रातिको समयमा बन्द रहँदै आएको छ।
उक्त खण्डमा सम्भावित बाढीका कारण बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
अरनिको राजमार्ग दुई ठाउँमा पूर्ण रूपमा अवरूद्ध छ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलोस्थित तातोपानी जाने बाटो असार ३१ गतेदेखि अवरूद्ध छ।
भोटेकोशी-२ कोदारीमा पहिरोका कारण साउन १ गतेदेखि उक्त खण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ।













प्रतिक्रिया दिनुहोस्