निर्जीवन बीमा कम्पनीको व्यवसाय ५० अर्ब नाघ्यो, शिखर इन्स्योरेन्स अग्रस्थानमा
काठमाडौं, १३ असार । नेपालका निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५० अर्ब ६० करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्।
नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिसम्म निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा व्यवसाय ५० अर्ब ६० करोड रुपैयाँ पुगेको हो।
यस अवधिमा शिखर इन्स्योरेन्स सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने कम्पनी बनेको छ। कम्पनीले असार मसान्तसम्म ६ अर्ब ५१ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गर्दै पहिलो स्थान कायम गरेको छ।
बीमा व्यवसायको आधारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। कम्पनीले समीक्षा अवधिमा ५ अर्ब ४२ करोड रुपैयाँको बीमा व्यवसाय गरेको छ।
त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स ५ अर्ब ३७ करोड रुपैयाँको बीमा व्यवसाय गर्दै तेस्रो स्थानमा रहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
निर्जीवन बीमा क्षेत्रमा शीर्ष तीन कम्पनीले मात्रै कुल बीमा व्यवसायको उल्लेखनीय हिस्सा ओगटेका छन्। चालु आर्थिक वर्षमा पनि बीमा पहुँच विस्तार, नयाँ बीमालेखको बिक्री तथा व्यवसाय विस्तारसँगै निर्जीवन बीमा क्षेत्रको कारोबार थप बढ्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्