प्रभु बैंकका ४१ हजार ९०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं, १३ असार । प्रभु बैंक लिमिटेडले ४१ हजार ९०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले विभिन्न तीन जना संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो।

बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने व्यवस्था गर्दै ३५ दिनका लागि बिक्री सूचना प्रकाशित गरेको थियो। तर, तोकिएको अवधिभित्र कुनै पनि संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ।

बैंकले तोकिएको समयभित्र प्राप्त निवेदनका आधारमा प्रचलित व्यवस्था बमोजिम शेयर बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्