नेप्से ४.६४ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ४२ करोड रुपैयाँ

काठमाडौं, १२ साउन । साताको कारोबारको क्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य घटेको छ। आज नेप्से ४.६४ अंकले घटेर २ हजार ६९६.६७ बिन्दुमा कायम भएको छ।

आज कुल ३४२ कम्पनीका १ करोड ४ लाख २१ हजार कित्ता शेयर कारोबार भएका छन्। दिनभरमा ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबार भएका कम्पनीमध्ये ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै, १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज एभरेष्ट कलर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ११२ रुपैयाँले बढेर प्रतिकित्ता ८६१ रुपैयाँ पुगेको हो।

त्यस्तै, लक्ष्मी उन्नति कोषको इकाई मूल्य ९.१० प्रतिशत ले बढेको छ भने गरिमा समृद्धि योजनाको मूल्य ४.३९ प्रतिशत ले वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्