पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
काठमाडौं, १२ साउन । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकमा सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ।
आज बिहान करिब पौने ९ बजे सडकमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक डिभिजन तथा सुरक्षाकर्मीको सक्रियतामा पहिरो पन्छाएपछि करिब साढे ४ घण्टापछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको हो।
सडक खुलेसँगै रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम सुरु भएको छ। वर्षायाममा पहिरोको जोखिम उच्च रहने भएकाले यस सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।













प्रतिक्रिया दिनुहोस्